कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गठबन्धन पूरै समय टिक्छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पूरै समय टिक्ने बताएका छन् । स्कटल्यान्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने बताएका हुन् ।

गठबन्धन पूरै समय टिक्छ : प्रधानमन्त्री देउवा

पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धन पूरै समय टिक्छ ।’ उनले अहिले न्यायालयमा चलिरहेको विवादबारे भने बोल्न नचाहेको बताए ।

त्यस्तै ब्रिटिस सेनामा गोर्खाहरूको समस्या समाधानका लागि बेलायत सरकार सकारात्मक रहेको उनले बताए । बेलायती रक्षामन्त्रीले गोर्खा समस्या समाधानका लागि आफूहरु सकारात्मक रहेको बताएको उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १८, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×