कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही

शाही कर्णालीमा कांग्रेसका एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् हुन्
कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । उनले मंगलबार राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ ग्रहण गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही

यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुख कलौनी समक्ष दाबी पेस गरेका थिए। जीवन शाहीले प्रदेशसभामा २१ सांसद्‍को समर्थन पाएका छन् ।

शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बनेका थिए । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुन् ।

प्रकाशित : कार्तिक १६, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?