कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन् ।

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए । उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यसपछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहनु भएको छ । आज नेपाल एयरलाइन्सको दुबई फ्लाइटबाट २९ जना नेपालीहरु आएको र यसअघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।

प्रकाशित : कार्तिक १३, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्व अनुमतिबिना प्रहरीलाई राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग व्यक्तिगत भेटघाट गर्न रोक लगाइएकोबारे तपाईंको धारणा के छ ?

x
×