नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्दछ : दाहाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्दछ : दाहाल

श्यामसुन्दर शशि

जनकपुर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्न जाने क्रममा शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले यसअघिको नागरिकता अध्यादेशको कार्यान्वयनमाथि रोक लगाएको विषयमा सञ्चारकर्मीहरुले ध्यानाकर्षण गराउँदा केपी ओली नेतृत्वको सरकारले गलत नियतले नागरिकता अध्यादेश ल्याएको दाबी गरे । ‘नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । अध्यादेशमार्फत ल्याउनु परे पनि नागरिकता विधेयक सहमतिमै ल्याइनेछ,’ उनले भने ।

पछिल्लो समय सर्वोच्चमा देखिएको गतिरोधबारे सत्तासाझेदार दलहरुको साझा धारणा बन्न नसकेको तर साझा धारणा बनेपछि आधिकारिक धारणा व्यक्त गर्ने उनले बताए ।

उनले यसअघि सर्वोच्चले संसद् पुन:स्थापना सम्बन्धी गरेको फैसला तथा संवैधानिक कारणले पनि 'अर्ली इलेक्नस'मा जान नसकिने बताए । उनले भने, ‘अर्ली इलेक्सनमा जाने कुरै छैन । सत्तासाझेदार दलहरुको बीचमा गजबको समझदारी छ । संविधानले पनि यस्तो परिकल्पना गरेको छैन ।’ अगामी निर्वाचनमा पनि गठबन्धन मिलेर जाने उनको भनाइ थियो । ‘निर्वाचनमा पनि मिलेर जाने हामीबीच सैद्धान्तिक सहमति छ । हामी मिलेर सरकार पनि चलाउँछौ । मिलेर चुनावमा पनि जान्छौं,’ उनले भने ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारी मुस्ताङमा [तस्बिरहरू]

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी शनिबार काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७८ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×