कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार मन्त्रिपरिषद्को बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो । 

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

उनका अनुसार प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो । 'संघीय संसद्का दुवै अधिवेशन शुक्रबारबाट अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,' ती मन्त्रीले भने ।

संसद्को चालु अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो ।

एमालेको अवरोधबीच संघीय संसद्को चालु अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलावा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसद्मा अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले अर्को बैठक कात्तिक २९ गतेका लागि तय गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक भने अनिश्चित थियो ।

प्रकाशित : कार्तिक ११, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×