कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रुबीलाई बिहीबार बिहान ११ बजे उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले न्यायका लागि नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेका महिला टोलीकी अगुवा रुबी खानलाई बिहीबार उपस्थित गराउन आदेश दिएको छ। प्रहरीले गत शुक्रबार माइतीघर मण्डलबाट पक्राउ गरी रुबीलाई नेपालगञ्ज पठाएको थियो। उनको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले आगामी बिहीबार बिहान रुबीलाई अदालतमा उपस्थित गराउन मंगलबार आदेश दिएका हुन् । 

रुबीलाई बिहीबार बिहान ११ बजे उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

रुबीलाई शुक्रबार साँझ महानगरीय प्रहहरी वृत्त लौनचौरले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिहंदरबारलाई बुझाएको थियो। त्यसपछि सिंहदरबार वृत्तले बाँके पठाइदिएको थियो । रुबीले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा अनसन सुरु गरेकी छन्। यता महानगरीय प्रहरी वृत्त लौनचौरले रुबी कहाँ छिन् भन्नेबारे आफूलाई जानकारी नभएको जवाफ सर्वोच्चलाई पठाएपछि सर्वोच्चले सिंहदरबार वृत्तलाई सोधेको थियो ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश भट्टराईले बिहीबार बिहान ११ बजे अदालतमा उपस्थित गराउन र त्यसमाथि यो मुद्दामा सुनुवाइ नभएसम्मका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्यत्र स्थानान्तरण नगर्न आदेश दिएका छन् ।


प्रकाशित : आश्विन २६, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?