२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मन्त्री आलेसँगको वार्तापछि निगमको आन्दोलन स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायुसेवा निगमको संरचना बदल्ने लगायतका प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएका तीन वटा ट्रेड युनियनले १ सय ४ दिनपछि आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् ।

मन्त्री आलेसँगको वार्तापछि निगमको आन्दोलन स्थगित

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग मन्त्रालयमा भएको वार्तापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले निकट तीन ट्रेड युनियनले शर्तसहित आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् ।

मन्त्रीसँगको छलफलमा ट्रेड युनियनले निगमको संस्थागत संरचना बदल्न गरिएको प्रस्ताव हाललाई रोक्नुपर्ने, निगमका महाप्रवन्धकलाई बर्खास्त गर्नुपर्ने लगायत माग राखेका थिए । मन्त्रीले उनीहरुका माग पूरा गर्न केही समय लाग्ने भएकाले १५ दिनको समय मागेका छन् ।

यस्तै ट्रेड युनियनले महाप्रवन्धक डिम प्रसाद पौडेललाई निगम प्रवेशमा रोक लगाइएको कायमै राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । केपी ओली सरकारले चार वटा जेट विमान खरिद लगायतमा कम्तीमा ४७ अर्ब ऋण र १० अर्ब संचित घाटामा चलिरहेको सरकारको पूर्ण स्वामित्वको नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्न ७८/७९ को आय व्ययको सार्वजनिक वक्तव्यमार्फत् कार्यक्रम ल्याएको थियो ।

ऊक्त कार्यक्रम अनुसार ‘नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी लिमिटेड कम्पनीमा रुपान्तरण गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीको मस्यौदा’ मा निगममा रहेका तीन वटा ट्रेड युनियनले असार १८ गतेदेखि बिरोध गर्दै निगम मुख्यालयमा आन्दोलन गर्दैआएका थिए ।

प्रकाशित : आश्विन २५, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?