कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् ।

सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा

`हिजोमात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौं,´ स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने `आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।´प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरका अनुसार पुस्तकमा १०८ लेख संग्रहित छन् ।

प्रकाशित : आश्विन २३, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?