कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

न्याय माग्दा धरपकड

नेपालगन्जदेखि २० दिन पैदल यात्रा गरी काठमाडौं आएको टोली माइतीघरबाट पक्राउ
कान्तिपुर संवाददाता

काठमाडौँ — न्याय माग्दै नेपालगन्जदेखि पैदलै संघीय राजधानी आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो ।

न्याय माग्दा धरपकड

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् ।

२० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए । ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदारजस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरू अनसनमा थिए ।

टोलीमा सहभागी रुबी खानले आफूहरूले अनशन सुरु गरेको बारे काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिए पनि साँझ प्रहरीले हस्तक्षेप गरेको बताइन् । ‘शान्तिपूर्ण तरिकाले न्याय माग्दा पनि यस्तो भयो,’ उनले भनिन् ।

तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

उनीहरूले शुक्रबार नै नेपालगन्जमा भएका दुई महिला हिंसा र मृत्युको घटनामा न्याय नपाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रकाशित : आश्विन २३, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?