कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेमा सात उपाध्यक्ष बनाउन आएको प्रस्ताव सकारात्मक : ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सात उपाध्यक्ष बनाउन समूहगत रुपमा आएको सुझाव सकारात्मक भएको बताएका छन् । 

एमालेमा सात उपाध्यक्ष बनाउन आएको प्रस्ताव सकारात्मक : ओली 

तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले सात उपाध्यक्ष बनाउँदा संगठनमा कस्तो असर पर्छ भन्ने विषयमा छलफल गरेर निर्णय लिन बताएका छन् ।

'सात उपाध्यक्ष बनाउने विषयमा अध्यक्षले जवाफ दिँदा सकारात्मक भएको बताउनु भएको छ । यसले कमिटीमा के प्रभाव पार्नसक्छ त्यस विषयलाई समेत ध्यान दिएर विधान महाधिवेशनमा प्रस्ताव आउने छ', एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'यस विषयमा पाँच जना वा सात जनाको विषयमा आएको छ । यसमा समूहगत सुझावहरुको भावनालाई पनि ध्यान दिन्छौं ।'

संगठन विभागको प्रमुखसमेत रहेका उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको पार्टी विधानमा उपाध्यक्षको संख्या ५ बाट घटाएर ३ जना बनाउने प्रस्ताव गरिएको छ । पौडेलको प्रस्तावसँगै एमालेभित्र तरंग उत्पन्न भएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?