कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन, दसैंअघि पालिका अधिवेशनमात्रै 

आश्विन ६, २०७८

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।' 

यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ । 

'९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्वनिर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, '९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नछ ।'

प्रकाश डेढ दशकदेखि पत्रकारितामा क्रियाशील धौलाकोटी हाल ईकान्तिपुरसँग आबद्ध छन् । उनी सामाजिक तथा राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully