३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन पक्राउ

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

१४ रोहिंग्या शरणार्थी नेपाल ओसार्ने तीन पक्राउ

ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने अजमत उल्लाहलाई शनिबार र कपनस्थित राम मन्दिर छेउ बस्ने नोरुल अमिनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले २ परिवारका १४ जना रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याइसकेका अनुसन्धानबाट देखिएको छ ।

ब्युरोको अनुसार उनीहरुले रोहिंग्या शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायतका युरोपेली देश जान सकिने भन्दै नेपाल ल्याउने काममा संग्लन थिए ।

उनीहरुले नेपाल पुगेपछि अमेरिका जाने परिचचय पत्र पाइने सौ पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बाबालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि पाइने जस्ता प्रलोभन देखाएर शरणार्थीहरु ओसार/रहेका थिए ।

ब्युरोका अनुसार उीहरुले बंगालादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म मानव तस्करी गर्दा प्रतिव्यक्ती झण्डै साढे तीन लाख रुपैयाँ लिइरहेका थिए । पक्राउ परेका तीनै जना काठमाडौंमा विभिन्न पेशाकर्मीको आवरणमा मानव तस्करीको काममा संग्लन भइरहेको ब्युरोको अनुसन्धनले देखाएको छ ।

ब्युरोको प्रवक्ता श्याम कुमार महतोले पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा पठाइएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?