२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गण्डकी प्रदेशको सञ्चारमाध्यमसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौँ — नेपाल पत्रकार महासंघले गण्डकी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । महासंघले निरन्तर खबरदारी गर्दा पनि प्रदेश सरकारले विधेयकलाई संसदमा दर्ता गर्नु अत्यन्तै दु:खद भएको भन्दै प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत विधेयक फिर्ता माग गरेको छ ।

गण्डकी प्रदेशको सञ्चारमाध्यमसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

‘विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेका छन् । प्रदेश सरकारले तयार गरेको मस्यौदा श्रमजीवी पत्रकारको हक–हित सुरक्षित गर्न असम्भव हुने, सञ्चार गृहको दर्ता खारेजको व्यवस्था संविधानको प्रतिकूल रहेको, पत्रकारलाई जेल हाल्ने प्रावधान फौजदारी प्रकृतिको र संघीय कानुनविरुद्ध रहेको कुरा प्रष्ट छ,’ महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविरुद्ध रहेको यो विधेयक संसद्‌बाट तत्काल फिर्ता गर्न र पुनर्लेखन गर्न गम्भीर ध्यानाकर्षण गराउँदछु ।’

महासंघले प्रेसलाई नियन्त्रण गर्ने, प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने, दर्ता खारेजीलगायत पत्रकारलाई जेल सजायजस्ता प्रेसविरोधी प्रावधान गर्नु आपत्तिजनक र संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?