कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता 

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । 

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता 

एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन् । भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीबारे राजनीतिक तहमा छलफल भइरहेको बताएको अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले भने एमसीसीलाई छिटो संसद्‌बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतसँग भेटेर एमसीसीबारे छलफल गरिसकेकी छन् ।

प्रकाशित : भाद्र २६, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?