कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्छ : नेपाल

ठाकुरसिंह थारु

नेपालगन्ज — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका छन् ।

अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्छ : नेपाल

एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए । ‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरामात्रै छ भन्नु पर्‍यो,’ शनिबार बाँकेको नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने,‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाई सरकार फेल भएको बताए । नेता नेपालले कतिपय प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी ठूलो भएको बताए । सुदूरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकीकृत (एस) एमालेभन्दा ठूलो पार्टी भइसकेको उनले उल्लेख गरे ।

उनले वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने बताए ।

नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : ठाकुरसिंह थारु/ईकान्तिपुर


प्रकाशित : भाद्र २६, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?