कुवेतको निर्माणाधीन विमानस्थलमा बालुवाको ढिस्कोमा पुरिएर दुई नेपालीको मृत्यु

भाद्र २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुर्दा बुधबार दुई जना नेपाली श्रमिकको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

कुवेत सिटीस्थित नेपाली दूतावासकाअनुसार मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी हुन् । सोही घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ । 

कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइते महरालाई भेट्न बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए । 

दूतवासले एक विज्ञप्ति जारी गर्दै घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ । 

कान्तिपुर

Link copied successfully