कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

शर्माले उम्मेदवारी घोषणा गर्ने भन्दै केही दिनअघि नै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका थिए । ‘अब अधिवेशन आउन धेरै दिन पनि छैन । फेरि अधिवेशनको मुखैमा मात्र उम्मेदवारी घोषणा गरेर पनि हुँदैन, त्यसैले म उम्मेदवारी घोषणा गर्दैछु,’ शर्माले देउवालाई भेटेर भनेका थिए । तर, शर्मा देउवाकै प्यानलबाट महामन्त्री बन्ने वा अरु समूहबाट भन्ने प्रस्ट छैन । देउवाले पनि सभापतिमा आफै उम्मेदवार बन्ने भनिसकेका छन् । तर, उनको महामन्त्री वा कुन पदमा को–को उम्मेदवार बन्ने भन्ने टुंगिएको छैन ।

१४ औँ महाधिवेशनबाट कांग्रेसले दुई जना महामन्त्री निर्वाचित गर्ने नयाँ वैधानिक व्यवस्था छ । यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए । उनलाई सभापति देउवाले पार्टीको प्रवक्ता मनोनीत गरेका थिए । शर्मा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : भाद्र २४, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?