हेर्नुहोस्, एमसीसीले पठाएको जवाफको नेपाली पूर्णपाठ

भाद्र २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले एमसीसीका सम्बन्धमा नेपाल सरकारले सोधेका प्रश्नको जवाफ दिएको छ । एमसीसी परियोजनाको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गरिरहेको पनि अमेरिकाले उल्लेख गरेको छ ।

एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ । 

एमसीसी र अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिबीच सम्बन्ध नभएको पनि अमेरिकाले जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । बुधबार एमसीसीले जवाफ दिएको हो । 

यस्तो छ एमसीसीले नेपाल सरकारलाई पठाएको जवाफ:

कान्तिपुर

Link copied successfully