दार्चुला घटनाबारे भारतले भन्यो– ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’ - समाचार - कान्तिपुर समाचार

दार्चुला घटनाबारे भारतले भन्यो– ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’ 

राजेश मिश्र

नयाँदिल्ली — दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले सोधेको प्रश्नको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।'उनले यो विषयमा भारतभित्र पनि कुनै अनुसन्धान भएको नभएकोबारे पनि केही जानकारी नभएको बताए ।

‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए/नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’ उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए । ‘धेरै मानिसले उक्त घटनालाई एउटा र केही फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका लागि अन्जन विष्टले गरे पहिलो गोल

नेपाल १-० भारत
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

तस्बिर : अंगद ढकाल

जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×