१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरियामा रहेका नेपालीलाई सेप्टेम्बरदेखि खोप

हालसम्म कोरियाको कुल जनसंख्याको ३५ प्रतिशतले खोप लगाइसके 
गोकुल थोकर

सोल (दक्षिण कोरिया) — दक्षिण कोरियामा रहेका सबै नेपालीले यही अंग्रेजी वर्षको सेप्टेम्बर महिनादेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । कोरियाली सरकारले यही वर्षको अन्तिमसम्म कोरियामा रहेका सबै नागरिकलाई खोप लगाउने नीति बनाएपछि यहाा रहेका नेपालीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका हुन् । 

कोरियामा रहेका नेपालीलाई सेप्टेम्बरदेखि खोप

कोरियामा ४० हजारभन्दा बढी नेपाली रहेका छन् । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत काम गर्न आएका कामदार ३५ हजारभन्दा बढी रहेका छन् भने अध्ययन, व्यवसाय र अन्य पेशामा भएका नेपालीको संख्या ५ हजारभन्दा बढी छ । यहाा रहेका नेपालीले घरबाटै फोन या इन्टरनेट प्रयोग गरेर आफू अनुकुलको समयमा खोप लिने समय मिलाउने ब्यवस्था छ ।

‘मैले घरैमा बसेर इन्टरनेटमार्फत समय लिएको हुा । कुन खोप लगाउने भन्ने पनि छान्न पाइने रहेछ । मैले फाइजर छाने । गएको मंगलबार पहिलो डोज लगाइ दिए । सजिलो नै भयो,’ ख्याङसान नाम्दोमा काम गर्दै आएका विक्रम राईले भने । कोरियाले फाइजरको खोप आफैंले उत्पादन गरिहरेका छ भने अन्य कम्पनीका खोपहरु आयात गर्दै आएको छ ।

झन्डै ६ करोड जनसंख्या रहेको कोरियामा ५० वर्षभन्दा माथि उमेरकाले खोप लगाइसकेका छन् । यस्तै १८ वर्षदेखि ४९ वर्षसम्मका लागि भने गत हप्तादेखि खोप लगाउन सुरु भएको छ । अहिले देशभरका स्वास्थ्य चौकी, अस्थायी कोरोना खोप केन्द्रबाट दैनिक ७ लाख ३५ हजारभन्दा बढी डोज खोप लगाउने कार्य भइरहेका छ । हालसम्म देशको कुल जनसंख्याको ३५ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको पनि कोरियाली स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

कोरियामा ९० दिनभन्दा बढी समय रहेका सबै विदेशीले पनि खोप लगाउन सक्नेछन् । अहिले कोरियामा २० लाखभन्दा बढी विदेशी रहेकाछन् ।

सेप्टेम्बरको तेस्रो सातामा कोरियाली ठूलो चाड छुसकको लामो बिदा अघि नै यहाा रहेका ७० प्रतिशतभन्दा बढी नागरिकलाई कम्तिमा एक डोज कोरोनाको खोप लगाउने लक्ष्य राखेको कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । कोरोनाको चौथो लहर खेपिरहेको कोरियामा अहिले दैनिक १५ सयको हाराहरीमा मानिसहरु कोरोना संक्रमित भैरहेका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

कोरियाली सरकारले विभिन्न उपाय लगाएर कोभिड नियन्त्रण गर्न खोजे पनि असफल भएको आरोप खेप्दै आएको छ । त्यसैले पनि चााडोभन्दा चााडो सबै नागरिकलाई खोप लगाउने सरकारी योजना रहेको देखिन्छ ।


प्रकाशित : भाद्र ९, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?