नेपाली भूमिमा छिमेकी राष्ट्रविरोधी गतिविधि हुन दिँदैनौं : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा छिमेकी राष्ट्रविरोधी गतिविधि हुन नदिने बताएका छन् ।

नेपाली भूमिमा छिमेकी राष्ट्रविरोधी गतिविधि हुन दिँदैनौं : गृहमन्त्री

‘नेपाली भूमिमा नेपाल राष्ट्र र नेपाली नागरिकको विरोधी गतिविधि मात्रै होइन, हाम्रा कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधिसमेत हुन दिँदैनौं,’ मन्त्री खाँणले भने, ‘नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेको छ । नेपाली भूमिभित्र नेपाली जनता र कुनैपनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौं । यो सरकारको स्पष्ट धारणा हो ।’

मन्त्री खाँणले यो विषयमा सुरक्षा निकायका प्रमुखहरूलाई गम्भीर भएर लाग्न निर्देशनसमेत दिए । उनले सामूहिक जवाफदेहिता र सामूहिक जिम्मेवारीको अवधारणामा काम गर्न समेत गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।

सोमबार मन्त्रालयले गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’मा मन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको भन्दै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

उनले राज्य र नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज नगर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित : भाद्र ७, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?