जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न प्रशासनको आग्रह

भाद्र ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।

प्रशासनले कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आगामी आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेका हुन् ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार साउन २८ गतेदेखि भदौ ८ गतेसम्मका लागि जारी गरेको निषेध आदेश कायमै रहेकोले पनि सांकेतिक तवरले मात्रै पर्व मनाउन अनुरोध गरिएको हो ।

कान्तिपुर

Link copied successfully