कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा पाठक

भाद्र १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा दिलभूषण पाठक नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले मंगलबार तीनकुनेस्थित टेलिभिजन मुख्यालयमा प्रधानसम्पादक पाठकलाई स्वागत गरेका थिए ।

‘नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्दै अझै उचाइमा पुग्न कान्तिपुर टेलिभिजन प्रतिबद्ध छ’, अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘यसमा उहाँको नेतृत्व सफल हुने विश्वास छ ।’

त्यसक्रममा प्रधान सम्पादक पाठकले दर्शकको चाहनालाई सम्बोधन गर्दै नयाँ ढंगबाट टेलिभिजनलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । पाठकले यसअघि पनि कान्तिपुर टिभीमो समाचार विभागको नेतृत्व सम्हालेका थिए ।

पाठकको नियुक्तिसँगै सम्पादकीय नेतृत्व सम्हालेका प्रशान्त अर्याललाई बिदाइ गरिएको थियो । अर्याल कान्तिपुर टेलिभिजनमा साढे तीन वर्ष जिम्मेवारीमा रहेका थिए ।

कान्तिपुर

Link copied successfully