गोर्खा आन्दोलन : ब्रिटिस भेट्रान्सहरुले ऐक्यबद्धता जनाउँदै गरे प्रदर्शन

श्रावण ३०, २०७८

कान्तिपुर संवाददाता

लण्डन — ब्रिटिस भेट्रान्सहरुले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका छन् । विगत ८ दिन देखि आमरण अनसन बसिरहेका गोर्खाहरुलाई साथ दिँदै ब्रिटिस भेट्रान्सहरुले प्रदर्शन गरेका हुन् । 

सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरदेखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद् भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए ।  

'ब्रिटिस भेट्रान्स र नागरिकहरुको साथले हामीलाई थप उर्जा मिलेको छ,' गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने । राईले आइतबार सत्याग्रहकै आह्वानमा प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शनको तयारी भएको पनि जनाए ।  

यो पनि पढ्नुहोस्ः

गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई सांसदहरुले लेखे पत्र

कान्तिपुर

Link copied successfully