लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

७ सदस्यीय मन्त्रिपरिषद् गठन

श्रावण २८, २०७८

कान्तिपुर संवाददाता

भैरहवा — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।   

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।  

आजै मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख शेरचनले शपथ खुवाएका छन् । शपथ लिनेहरुमा

कांग्रेसका तर्फबाट 

माओवादी केन्द्रबाट 

जनता समाजवादी पार्टी 

स्वतन्त्र सांसद 

जनता समाजवादी पार्टीबाट 


कान्तिपुर

Link copied successfully