२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

७ सदस्यीय मन्त्रिपरिषद् गठन
कान्तिपुर संवाददाता

भैरहवा — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।   

लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को 'क' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

आजै मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख शेरचनले शपथ खुवाएका छन् । शपथ लिनेहरुमा

कांग्रेसका तर्फबाट

  • डिल्ली चौधरी, सहरी तथा ग्रामीण विकासमन्त्री

माओवादी केन्द्रबाट

  • कृष्णध्वज खड्का, आर्थिक मामिला तथा योजनामन्त्री

जनता समाजवादी पार्टी

  • सहसराज यादव, भौतिक पूर्वाधारमन्त्री

स्वतन्त्र सांसद

  • अजय शाही, बिनाविभागीय

जनता समाजवादी पार्टीबाट

  • पुर्मती डेंगा, बिनाविभागीय
  • सुमन शर्मा रायमाझी, बिनाविभागीय


प्रकाशित : श्रावण २८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?