थपियो निषेधाज्ञा

उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक

उपत्यकामा भदौ ८ सम्म थपियो निषेधाज्ञा
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो । 

उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक

नयाँ निषेध आदेश अनुसार बिहीबारदेखि अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ । यसबाहेक अन्य निषेध आदेशरुमा पुरानै आदेशहरुलाई निरन्तरता दिइएको छ ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार रातिदेखि सकिँदैछ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालबाट जारी निषेध आदेश :

प्रकाशित : श्रावण २६, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?