कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जसपा विवाद

जसपाको अध्यक्षबाट ठाकुर हटे, निर्वाचन आयोगमा यादव पक्षको अभिलेखीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले जसपा पार्टी अधिकारिकताको विवादमा उपेन्द्र यादवको पक्षमा उभिएका ३५ जना केन्द्रीय कार्यकारिणी समितिलाई आधिकारिक रुपमा अभिलेखीकरण गरेको छ । आयोगको यो अभिलेखसँगै जसपाको अध्यक्ष महन्थ ठाकुर वैधानिक रुपमा पार्टीको अध्यक्षबाट हटेका छन् । 

जसपाको अध्यक्षबाट ठाकुर हटे, निर्वाचन आयोगमा यादव पक्षको अभिलेखीकरण

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार यादवको पक्षमा उभिएका ३५ जनालाई अभिलेखीकरण गरिएको हो ।

अभिलेखसँगै जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ जना भएका छन् भने वैधानिक अध्यक्ष उपेन्द्र यादव भएका छन् ।

ठाकुरसहित जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, लक्षमणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरु अब साधारण सदस्य मात्रै भएका छन् ।

गत साउन ११ गते जसपाको आधिकारिता विवाद मिलाउनका लागि आयोगले हेड काउन्टका लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।

यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ कार्यकारिणी समितिले सनाखत गरेका थिए । निलम्बित सांसद् समेत रहेका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।


प्रकाशित : श्रावण २५, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?