१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए ।

कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने 

परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो ।

गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

१२ कक्षासहित सबै परीक्षा स्थगन गर्न सिफारिस

प्रकाशित : श्रावण २३, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?