कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवेकशील साझामा नयाँ प्रस्ताव : मिश्र पार्टीको आधारभूत मान्यता विपरीत

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको प्रस्ताव पार्टीको आधारभूत मान्यता विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डेसहित चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्ताव अघि सारेका छन् ।

विवेकशील साझामा नयाँ प्रस्ताव : मिश्र पार्टीको आधारभूत मान्यता विपरीत

पाण्डेसहित पार्टीका केन्द्रीय सचिवालय सदस्यत्रय केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गर्दै मिश्रको व्यक्तिगत धारणा पार्टीको आधारभूत मान्यताकै विपरीत भएको निष्कर्ष निकालेको हो ।

वैकल्पिक राजनीतिमा आउन सक्ने वैचारिक विचलन रोक्न भन्दै आफूहरुले नयाँ प्रस्ताव अघि सारेको उनीहरुले जनाएका छन् ।

केही दिनअघि व्यक्तिगत धारणा भन्दै मिश्रले संघीयताको खारेजी,धर्म निरपेक्षतामा जनमत संग्रह र राजतन्त्रको पक्षपोषण गर्दै ‘मार्ग परिवर्तन’ नामक आलेखमा प्रस्ताव गरेका थिए ।

मिश्रका उक्त प्रस्तावका मूल एजेन्डाहरू पार्टीको उद्देश्य र आधारसँग मेल नखाने भन्दै त्यो दिशातर्फ गए वैकल्पिक राजनीतिको मर्म मर्ने र पार्टी दुर्घटनामा पर्ने भएकाले मूल बाटोमा फर्काउन यो कदम चालिएको नेताहरुको दाबी छ।

चार जनाको नामबाट सार्वजनिक गरिए पनि यो प्रस्तावमा पार्टीका अन्य नेतृत्व एवं सदस्यहरूको राय, सुझावलाई पनि अधिकतम रूपमा समेटिएको उनीहरूको दाबी छ ।

‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको उक्त प्रस्तावमा मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको विचार बोकेको नयाँ प्रस्ताव अघि सारेका छन् । तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैर संसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ। मूलतः व्यवस्थालाई दोष दिएर हैन व्यवस्थापनलाई सुदृढ गरेर अघि बढ्नुपर्ने दस्तावेजको सार छ ।

यस्तो छ प्रस्ताव :

प्रकाशित : श्रावण १९, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?