जसपाले संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्ने

श्रावण १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्ने भएको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन गरिएको छ ।

यस्तै बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ ।

अनुशासनसम्बन्धी छानबिनका लागि नवराज सुवेदीको संयोजकत्वमा समिति बनाइएको छ । समिति गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहेका छन् । 

कान्तिपुर

Link copied successfully