सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । सिंहदरबारमा बिहीबार उनीहरुबीच संसद्‌को चालु अधिवेशनमा विधेयकहरु अघि बढाउनेलगायतका विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता

उनका अनुसार सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।

सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।

उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।

यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गत वर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागुलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित : श्रावण १४, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?