कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

गुरुङ र शेरचनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि गुरुङ र शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार नै गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी छन् ।

प्रकाशित : श्रावण १२, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?