राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

श्रावण १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

गुरुङ र शेरचनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी विज्ञप्तिमा उल्लेख छ । 

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि गुरुङ र शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार नै गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी छन् ।

कान्तिपुर

Link copied successfully