कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद् र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन् ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, 'निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरु प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल सुरु गरिएको छ ।'

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । 'सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं,' नेता कर्णले भने,'सरकारमा हामी सहभागी हुन गईरहेका छैनौं ।'

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइ दिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरुमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो ।

प्रकाशित : श्रावण १२, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?