संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं : रवीन्द्र मिश्र

श्रावण ११, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् । 

'मार्ग परिवर्तन : विचारभन्दा माथि देश' दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका हुन् । 

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन् । 

दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरूमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी, किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?,  कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?, हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रक्रिया, वैकल्पिक राजनीति/कल्याणकारी लोकतन्त्र के हो, के होइन ?, राजनीतिक-सामाजिक एजेण्डा, राजनीतिक-आर्थिक एजेण्डा, परिशिष्ट: भावना र भूमिका छन् । 

यस्तो छ मिश्रको प्रस्ताव :



सच्याइएको : विवेकशिल साझा पार्टीको संयोजक रविन्द्र मिश्र हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।

इकान्तिपुर

Link copied successfully