संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं : रवीन्द्र मिश्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं : रवीन्द्र मिश्र

इकान्तिपुर डेस्क

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् । 

'मार्ग परिवर्तन : विचारभन्दा माथि देश' दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका हुन् ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन् ।

दस्तावेजका अन्य खण्ड तथा उपखण्डहरूमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी, किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?, कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?, हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रक्रिया, वैकल्पिक राजनीति/कल्याणकारी लोकतन्त्र के हो, के होइन ?, राजनीतिक-सामाजिक एजेण्डा, राजनीतिक-आर्थिक एजेण्डा, परिशिष्ट: भावना र भूमिका छन् ।

यस्तो छ मिश्रको प्रस्ताव :



सच्याइएको : विवेकशिल साझा पार्टीको संयोजक रविन्द्र मिश्र हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।


प्रकाशित : श्रावण ११, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन आयोगले पार्टी फुटाउने काम गर्‍यो : राजेन्द्र महतो

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउने काम गरेको बताएका छन् । सोमबार जसपा आधिकारिकता विवाद निरुपणका लागि आयोगले सनाखतका लागि महन्थ र उपेन्द्र दुवै पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई बोलाएको थियो ।

तस्बिर : अंगद ढकाल

यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना सदस्यहरुले सनाखत गरेपछि नेता महतोले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आयोगले पार्टी फुटाउने काम गरेको आरोप लगाएका हुन् । 'हामी पार्टी फुटाउन लागि आयोगमा गएका हैनौं । आयोगले पार्टी फुटाउँदैमा फुट्दैन,' उनले भने,'जनताबाट पार्टी निर्माण हुने हो । जनता हाम्रो साथमा छन् ।'

उनले प्राविधिक विभाजनबाट आफुलाई कुनै असर नगर्ने पनि बताए । आफूहरुका लागि केपी ओली र शेरबहादुर देउवा दुवै बराबर रहेको बताए । उनले भने,'हाम्रा लागि उनीहरु दुवै प्रतिगमनकारी नै हुन् । केपी ओलीलाई पनि मद्दत गरेका थियौं, देउवालाई पनि ।'

'तत्कालीन समाजवादी पार्टी फुट्ने बेलामा हामीले पार्टी एकता गरेर उपेन्द्र यादवलाई मद्दत गरेका थियौं,' उनले भने,'अहिले प्राविधिक कारणले हाम्रा साथीहरु यताउता हुनु भएको छ तर त्यो धेरै समय रहँदैन ।' आयोगको निर्णयपछि आफूहरुले आगामी कदम चाल्ने महतोले बताए ।

प्रकाशित : श्रावण ११, २०७८ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×