कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रावललाई भेट्न टोखा पुगे नेपाल

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । 

रावललाई भेट्न टोखा पुगे नेपाल

बुधबार दिउँसो बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरुको छलफलमा उपस्थित नभएपछि रावललाई भेट्न नेपाल उनको निवास गएका हुन् । गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा नेपालसँग विवाद भएपछि रावलले सोही दिन सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन ।

नेपाल र रावलबीच कार्यदल तहमा भएको १० बुँदे सहमतिका विषयमा पनि विवाद छ । नेपालको पक्षबाट रावल संयोजक रहेको कार्यदलले पार्टी एकताका लागि असार २७ गते १० बुँदे सहमति गरेको थियो । तर, सहमतिमा नेता नेपालले असहमति जनाएका छन् । भेटमा यिनै विषयमा छलफल भएको नेपालको सचिवालयले जानकारी दियो ।

प्रकाशित : श्रावण ६, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?