न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न सत्ता गठबन्धनलाई आह्वान गरेको हो । आह्वानसँगै माओवादी केन्द्रले न्यूनतम साझा कार्यक्रम तय गर्न पार्टीकोतर्फबाट नेता देव गुरुङ र वर्षमान पुनलाई निर्देशन दिएको छ ।

‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रममार्फत अगाडि बढ्नुपर्ने भएकाले गठबन्धनमा सम्मिलित पार्टीहरु भएर न्यूनतम साझा कार्यक्रम वा प्राथमिकताका कार्यक्रमहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ । त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ,’ नेता नारायणकाजी श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार गठबन्धनका शीर्ष नेताबीच न्यूनतम साझा कार्यक्रमको गृहकार्य गर्ने समझदारी भएको छ । यद्यपी औपचारिक रुपमा कार्यदल गठन भने नभएको उनले बताए ।

नेता श्रेष्ठले बैठकमा मन्त्रिपरिषद्मा पठाउने नामबारे छलफल नभएपनि सरकारले छिट्टै पूर्णता पाउने बताए । ‘गठबन्धनका सबै दल र समर्थन गरेका सांसदहरूसँग छलफल भइरहेको छ। सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुने गरी सरकारलाई पूर्णता दिन उपयु्क्त हुन्छ । त्यसकारण गठबन्धनका सबै शक्तिहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिने निर्णय गर्छौं,’ श्रेष्ठले भने ।

प्रकाशित : श्रावण ६, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

भिरबाट लडेर मजदुरको मृत्यु

कान्तिपुर संवाददाता

गोरखा — शहीद लखन गाउँपालिका–२ मनकामनास्थित नयाँबारीमा भिरबाट लडेर युवकको मृत्यु भएको छ । 

सप्तरी सिसवा बेलही खड्क नगरपालिका–२ का २२ वर्षीय करन कमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

मनकामनास्थित मनकामना रिट्रीट रिसोट एण्ड स्पा प्रा.लिमा लेवर काम गर्दै आएका चौधरी मंगलबार साँझदेखि सम्पर्कविहीन थिए । बुधबार मनकामना जाने गोरेटो बाटोबाट २० मिटर तल मृत अवस्थामा फेला परेको डिएसपी दाहालले बताए । शव पोस्टमार्टका लागि गोरखा अस्पताल ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ६, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×