ओली सरकारले सिफारिस गरेका ११ राजदूत नियुक्ति खारेज

श्रावण ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — संसदीय प्रक्रिया छलेर ओली सरकारले ११ मुलुकका सिफारिस गरेका राजदूतको नियुक्ति सरकारले खारेज गरेको छ । 

साउन १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेज गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालय स्रोतका अनुसार राजदूत सिफारिस भएकाहरुको सम्बन्धित मुलुकमा एग्रिमो का लागि पत्राचार समेत गरिएको थियो । 

गत जेठ १ गते ओली सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । 

कान्तिपुर

Link copied successfully