कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

काठमाडौँ — नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो । 

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

सर्वोच्चको आदेशपछि एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत स्वागत गरेका हुन् । उनले प्रतिनिधिसभाको पाँच वर्षको कार्यकालको सुनिश्चितता गर्न पनि आग्रह गरेका छन् ।

'सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुन: स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,' भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।'

एमाले कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिलाई इमानदारिका साथ कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको भनाइ छ । 'हिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताकासाथ कार्यान्वयन गर्दै एमाले संसद‌भित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु,' भट्टराईले लेखेका छन् ।

प्रकाशित : असार २८, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?