अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्‍नेत

काठमाडौँ — एमालेका नेता महेश बस्‍नेतले सर्वोच्च अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दिएको र देश निर्दलीयतिर गएको आरोप लगाएका छन् ।

अदालतको फैसलाले सांसदहरुलाई ह्विप उल्लंघन गर्न छुट दियो : महेश बस्‍नेत

सर्वोच्च अदालतको फैसलापछि एमालेको भातृ संगठन युवा संघले माइतीघरमा गरेको विरोध प्रदर्शनमा बोल्दै नेता बस्‍नेतले सर्वोच्चको फैसलाले मुलुकमा नयाँ 'खिलराज रेग्मी' जन्माउने डिजाइनका साथ आएको आरोप लगाए ।

'सर्वोच्चको फैसलाले पार्टीको ह्विप उल्लंघन गर्न खोजेको छ । मुलुक निर्दलीयतिर जान खोज्दै छ । सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराइएको छ,' उनले भने, 'नयाँ खिलराज रेग्मी जन्माउने डिजाइनका साथ यो फैसला आएको छ । '

उनले कुनैपनि दलहरुसँग एकल चुनाव लड्ने हैसियत नभएको बताए । जनताबाट तिरस्कृत राजनीतिकर्मीहरु चुनावदेखि डराएको उनको भनाइ थियो ।

उनले सर्वोच्चको फैसलाले मुलुक द्वन्द्वमा प्रवेश गरेको दाबी गर्दै राजनीतिक द्वन्द्व निम्त्याउने फैसला आम जनताले नमान्‍ने बताए ।

प्रकाशित : असार २८, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?