कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । केन्द्रीय कमिटीको १४ औं बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

प्रधानमन्त्री रहेका ओलीले यसअघि नै सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका थिए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गर्ने र सर्वोच्चमा रिट हाल्नेहरू फैसला आउनूपहिलासम्म फिर्ता नलिनेहरू एमालेमा नरहने चेतावनी दिएका थिए । सोमबार साँझ स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

विवाद समाधानका लागि कार्यदल बैठक चलिरहेको बेला ओलीले एक्कासी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्चमा हालेको निवेदनमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जनाले सांसदले हस्ताक्षर गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्रीको लागि दाबी गर्न समय छुट्याएको बेला भने नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए । त्यसपछि एमालेभित्र चर्किएको विवादका बीचमा ओलीले कारबाही गर्छु भन्नेर पटक पटक भाखा सार्दै आएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैलसा सोमबार आउने आंकलन गरिएको छ । यसअघि असार १८ र १९ गते केन्द्रीय कमिटी बैठक बसेकाे थियाे ।


प्रकाशित : असार २७, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?