ईडीसीडीले भन्यो–‘पीसीआर परीक्षण गर्न आउनेको पूर्ण विवरण टिप्नू’

काठमाडौँ — इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) कोभिड १९ स्वाब परीक्षण गर्ने सम्पूर्ण प्रयोगशाला तथा अस्पतालहरुलाई पीसीआर पोजेटिभ भएकाहरुको पूर्ण विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ ।

ईडीसीडीले भन्यो–‘पीसीआर परीक्षण गर्न आउनेको पूर्ण विवरण टिप्नू’

बिहीबार एक सूचना जारी गर्दै महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले पीसीआर परीक्षण गराउन आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा सम्पर्क नम्बर उल्लेख गर्न लगाउने, नम्बर उल्लेख गराउँदा पूरा अंकसहित उल्लेख गराउने र सम्बन्धित व्यक्तिको मात्र सम्पर्क नम्बर उल्लेख गर्न अनुरोध गरेका छन् ।

उनले रिपोर्टमा सम्बन्धित पीसीआर पोजिटिभ आएका व्यक्तिहरुको सम्पर्क नम्बरलगायत व्यक्तिगत विवरण पूर्णरुपमा उपलब्ध नहुने र गलत सम्पर्क नम्बरसमेत प्राप्त हुने हुँदा केस म्यानेजमेन्ट तथा फलोअप कल प्रभावित हुँदै आएको बताए ।

ईडीसीडीका अनुसार कल सेन्टरबाट केस म्यानेजमेन्टका लागि कोभिड १९ को स्वाब परीक्षणपश्चात पोजेटिभ केसहरुलाई पहिलो कल गरिने तथा घरमै आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनको अवधि समाप्त नहुँदासम्म फलोअप गरिने भएकाले प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा विवरण पूर्णरुपमा उल्लेख गर्न आग्रह गरेको हो ।

प्रकाशित : असार २४, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?