कोटेश्‍वरमा दाहाल र नेपाल भेट

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

कोटेश्‍वरमा दाहाल र नेपाल भेट

सोमबार निधन भएका माओवादीका केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन मंगलबार जनकपुर पुगेका दाहाल फर्किएर एयरपोर्टबाटै सिधै कोटेश्वर पुगेका थिए ।

एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेको बेला नेपाल र दाहालबीच भेटवार्ता भएको हो ।

छलफलमा एमाले विवादको विषयमा नेता नेपालको धारणा बुझेको उनको सचिवालयले जनाएको छ । नेपाल विपक्षी गठबन्धनमा रहँदै आएका छन् ।

प्रकाशित : असार २२, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?