उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, असार ३१ सम्म निषेधाज्ञा

असार २०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् । 

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ ।

असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कान्तिपुर

Link copied successfully