२४ घण्टामा ३ हजार ६६ जना संक्रमणमुक्त, थप १ हजार ५२७ मा कोरोना पुष्टि

असार १९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ५२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार विभिन्न जिल्लामा गरिएको ५ हजार ८३७ पीसीआर परीक्षणमा १ हजार ५२७ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार २९६ एन्टिजेन परीक्षणमा ८०१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ ।


यस्तै, २४ घण्टामा ३ हजार ६६ जना  कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।

कान्तिपुर

Link copied successfully