२४ घण्टामा ३ हजार ४५१ जना संक्रमणमुक्त, थप १ हजार ३९१ मा कोरोना पुष्टि

असार १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ५६६ पीसीआर परीक्षणमा १ हजार ३९१ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ३० एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ४५१ जना  कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ३६ सय पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ ।

कान्तिपुर

Link copied successfully