२४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त, थप १ हजार ८८९ मा कोरोना पुष्टि

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ८८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ७ हजार १८७ पीसीआर परीक्षणमा १ हजार ८८९ जनामा कोरोना पुष्टि भएको हो।

२४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त, थप १ हजार ८८९ मा कोरोना पुष्टि

यसैगरी, ४ हजार ३८१ एन्टिजेन परीक्षणमा १ हजार ३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३८ हजार ८०५ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ५९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

प्रकाशित : असार १६, २०७८ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?