२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा ८ सदस्य मनोनीत

पूर्वमाओवादीका चार नेतासहित ८ जना स्थायी कमिटीमा मनोनीत
माधवकुमार नेपालसहित ११ नेताको कारबाही निष्क्रिय

काठमाडौँ — नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ ।

एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा ८ सदस्य मनोनीत

दशौं महाधिवेशन आयोजक कमिटी भंग भएसँगै एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रीय कमिटी सक्रिय भएको छ । साथै, तत्कालीन सबै कमिटीहरु पुनःस्थापित भएका छन् । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २ सय ३ सदस्यीय हो । तर, माओवादीसँग एकता हुँदा जेठ ३ मा ३८ सदस्य थपेर केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाइएको थियो ।

यस्तै, बैठकले पूर्वमाओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता ज्ञवालीले पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिए । भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेखेका थिए । उनी राष्ट्रिय सभा सदस्य हुन् । पूर्वमाओवादीबाट मनाेनीत भएका नेताहरु भने एमालेको केन्द्रीय सदस्य छैनन् ।

ज्ञवालीका अनुसार यसअघि महाधिवशेन आयोजक कमिटीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरेको कारबाही स्वतः निष्क्रिय भएको छ ।

बैठकले कोभिड नियन्त्रण गर्न सरकारले गरेको पहलको उच्च प्रशंसा गर्दै सबैलाइ खोप दिलाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका खेल्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : असार १६, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?