२४ घण्टामा ४ हजार ३४८ जना संक्रमणमुक्त, थप १ हजार ७२८ मा कोरोना पुष्टि

असार १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार ७२८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, २४ घण्टामा ४ हजार ३४८ जना  कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

कान्तिपुर

Link copied successfully