कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्री ओलीका भाषण रेकर्ड गरेर राख्न माधवकुमार नेपालकाे सुझाव

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्त्वपूर्ण रहेको भन्दै तिनलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीका भाषण रेकर्ड गरेर राख्न माधवकुमार नेपालकाे सुझाव

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँगको अन्तर्क्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राखेका हुन् ।

नेता नेपालले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरु रेकर्ड गरेर राख्न सुझाव दिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेलाबेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन् । उनले सोमबार एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासँगै नेता नेपालको तिखो आलोचना गरेका थिए । उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भनी व्यंग्य गरेका हुन् । उनले भने, 'हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ । हामी आफ अरुको मान सम्मानको कुरा गर्छौ । तर हामी आफै त्यस्तो गर्छौं । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईंहरु सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ । पोजेटिभ सिकौं या नेगेटिभ सिकौं । सिक्नुचाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । 'मलाई बहुलाहा कुकुरले टोकेको छ र' भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले । सबैको ध्यान जाओस् ।'

प्रकाशित : असार १४, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?