कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीले डुब्यो मेलम्ची : घरसँगै पुल र ट्राउट फर्म बगे [तस्बिरहरू]

प्रहरी भन्छ– ‘सात जना स्थानीय बगेको आशंका गरिए पनि यकिन भइसकेको छैन ।’
अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । 

बाढीले डुब्यो मेलम्ची : घरसँगै पुल र ट्राउट फर्म बगे [तस्बिरहरू]

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।


‘मानवीय क्षतिको वास्तविक विवरण आएको छैन,’ उनले भने, ‘दुई महिला र पाँच पुरुष बेपत्ता भएको आशंका छ,’ उनले भने । हेलम्बुस्थित प्रहरी कार्यालय र मेलम्ची खानेपानी आयोजनाको चिनियाँ क्याम्प, सशस्त्र क्याम्पमा पनि बाढीले क्षति पुर्‍याएको छ ।


प्रहरीका अनुसार बाढीबाट विस्थापित भएका दर्जनभन्दा बढी परिवारमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताएका छन् । हेलम्बु–२ किउलबासीका राजकुमार भण्डारीले घरमाथि रहेको बारीको पाटामा आश्रय लिएको जनाए ।





तस्बिर सौजन्य : टंक खड्का

प्रकाशित : असार २, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?